काठमाडौं । काठमाडौं-हेटौंडा जोड्ने कान्तिलोकपथ सडकमा यातायात सुचारू भएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती खोलामा बनाइएको डाइभर्सन वर्षासँगै आएको बाढीले बगएपछि सडक अवरुद्ध भएको थियो ।
आइतबार दिउँसो १ बजेदेखि सो सडकमा यातायात सुचारु भएको हाे ।






















