काठमाडौं-हेटौंडा जोड्ने कान्तिलोकपथ सुचारू

काठमाडौं । काठमाडौं-हेटौंडा जोड्ने कान्तिलोकपथ सडकमा यातायात सुचारू भएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती खोलामा बनाइएको डाइभर्सन वर्षासँगै आएको बाढीले बगएपछि सडक अवरुद्ध भएको थियो ।

आइतबार दिउँसो १ बजेदेखि सो सडकमा यातायात सुचारु भएको हाे ।