पूर्वमन्त्री प्रदीप नेपालको निधन

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ।

नेता नेपालको मंगलबार दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा निधन भएको हाे।

उनी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए।

रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए। उनलाई पार्किन्सन्ससँगै निमोनिया पनि देखिएको थियो ।