काठमाडौं । क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो डोस सान्तोस (रोनाल्डो जुनियर) पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा समावेश भएका छन्।
१४ वर्षीय रोनाल्डो जुनियर हाल आफ्नो बुबा रोनाल्डोसँगै साउदी अरेबियाको अल-नासरको युथ टोलीका लागि खेलिरहेका छन् । त्यसाे त रोनाल्डो जुनियरले म्यानचेस्टर युनाइटेड र युभेन्टसको उमेर समूहको टोलीबाट जुनियरले खेलेका थिए।
पोर्चुगलको यू-१५ टोलीले मे १३ देखि १८ सम्म क्रोएसियामा हुने भ्लाट्को मार्कोभिक युवा प्रतियोगितामा जापान, ग्रीस र इंग्ल्याण्डको सामना गर्नेछ।
क्रिस्टियानो रोनाल्डोले सन् २००० मा आफ्नै यू-१५ डेब्यु खेलमा दक्षिण अफ्रिकाविरुद्ध गोल गरेका थिए । उनी राेनाल्डाेकाे जेठा छाेरा हुन्।