राजावादीले घोषणा गरे अनिश्चितकालिन जनआन्दोलन

काठमाडौं । राजावादीहरुले राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा गरेका छन् ।

राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् ।

‘जसअनुसार आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन घोषणा गरिएको हो । आन्दोलन शान्तिपूर्ण हुने तथा भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ ’ उनले भने ।

आन्दोलन व्यवस्था परिवर्तनका लागि गरिने भन्दै उनले सो क्रममा कुनै पनि सरकार वा सत्तामा रहेका दलहरूको विरोध नगर्ने उनले घोषणा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here