
काठमाडौं । भारतको रक्षा मन्त्रालयले सबै सञ्चार माध्यम, डिजिटल प्लेटफर्म र व्यक्तिहरूलाई सुरक्षा गतिविधिको लाइभ कभरेज नगर्न निर्देशन दिएको छ ।
भारत-पाकिस्तानबीच तनाव बढिरहेको भन्दै यस्ताे निर्देशन दिएकाे हाे। संवदेनशील वा स्रोतमा आधारित जानकारी खुलासा हुँदा सैन्य अभियान प्रभावित हुने र नागरिकको ज्यान पनि खतरामा पर्ने मन्त्रालयले चेतावनी दिएको हो ।
मन्त्रालयले कारगिल युद्ध, सेप्टेम्बर २६ को मुम्बई हमला र कन्दार अपहरण जस्ता पछिल्ला घटनाहरूमा समयभन्दा अगाडि नै अनियन्त्रित रिपोर्टिङ गर्दा सिर्जना भएका खतरालाई उदाहरण दिदै त्यस्ताे नगर्न भनेकाे छ ।
आतंकवाद विरोधी अभियानको क्रममा केवल आधिकारिक व्यक्तिद्वारा दिइएको जानकारी मात्र प्रकाशन/प्रसारण गर्नुपर्ने मन्त्रालयले बताएको छ।
साथै सरोकारवालाहरूसँग ल राष्ट्रको सेवामा उच्चतम् मानक बनाउँदै कभरेज गर्दा सतर्कता, संवैदनशीलता र जिम्मेवारी पालना गर्न आग्रह गरेको छ।