पनौतीमा कुलोले बगाउँदा एक जना महिला बेपत्ता

काठमाडौं । काभ्रेको पनौतीमा कुलोले बगाउँदा एक जना महिला बेपत्ता भएकी छन्।

सोमबार दिउँसो साढे ४ बजेतिर पनौती नगरपालिका-५ स्थित सुब्बा गाउँमा कुलोले बगाएर अन्दाजी २८ वर्षीया रेनुका गिरी बेपत्ता भएकी हुन्।

पनौतीमा सोमबार अपराह्नमा भीषण वर्षा भएको थियो।

वर्षाकै क्रममा कुलो तर्नेक्रममा ती महिला बेपत्ता बताइएकाे छ। अहिले प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here