सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं। साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से अन्तिम समयमा १४.८७ अंकले घट्दै २६ सय ३४.२३ को विन्दुमा झरेर रोकिएको हो ।

आज कुल ३ सय १४ कम्पनीका २ करोड १८ लाख २८ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ६३ करोड ४८ लाखमा पुगेकाे छ ।

आज कारोबारमा आएकामध्ये १ सय ६८ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ७७ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here