वायुसेवा निगमका दुई वटै ट्वीनअटर नियमित उडानमा

३० वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमको आन्तरिक उडानमा दुई वटै ट्वीनअटर विमान नियमित उडानमा आएका छन् । निगमका प्रवक्ता सुवास डाँगीका अनुसार कलसाई नाइन एन एबिटी र नाइन एन–एबीयु विमान पूर्ण रूपले सञ्चालनमा आएको हुन्् ।

निगमका यी दुवै ट्वीनअटर विमान लामो समयदेखि ग्राउण्डेड हुँदा दुर्गम क्षेत्रका यात्रु मर्कामा परेका थिए । ट्वीनअटर विमान नियमनकारी निकाय तथा विमान निर्माता कम्पनीेको मापदण्डअनुसार नियमित मर्मत सम्भार सम्पन्न गर्नुका साथै दुईवटै नयाँ इञ्जिन परिवर्तन गरिएको उनले जानकारी दिए ।

नियामकीय जाँच सम्पन्न भएपश्चात् वैशाख २९ गतेदेखि पूर्णरुपमा नियमित उडान तालिकाअनुसार सञ्चालनमा आएको निगमले डाँगीले बताए ।

यस कार्यले दुर्गम भेगका नागरिकहरूमा सहज, सुलभ, मितव्ययी हवाई सेवाको पहुँचमा वृद्धि हुने निगमको विश्वास छ । आगामी दिनहरूमा पनि विगतमा झै यात्रुहरुको गुणस्तरिय सेवा र सुरक्षालाई उच्च प्राथमिकता राखी उडान सञ्चालन गर्न निगम सदैव प्रतिबद्ध रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

निगमका प्रवक्ता डाँगीले हरेक दिन एक विमानले कम्तीमा चार उडान गर्नेगरी नयाँ उडान तालिका बनाएर आन्तरिक उडानलाई प्रभावकारी बनाइने उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here