४८ प्रतिशत घट्यो नेपाल टेलिकमको नाफा

काठमाडौं । चालु आर्थिक वर्षमा नेपाल टेलिकमको नाफा ४८.६ प्रतिशत घटेको छ । आवकाे साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा टेलिकमले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिमा टेलिकमकाे नाफा ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ थियो । कम्पनीको ब्याजवापतको आम्दानीमा उच्च गिरावट आएपछि नाफामा असर परेको हो ।

टेलिकमको ब्याज आम्दानी ४६ प्रतिशत घटेको छ । पहिले ब्याजवापत ५ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले अहिले २ अर्ब ८० करोड ३५ लाख आम्दानी गरेको छ ।

त्यस्तै टेलिकमकमे ग्राहकबाट संकलन भएको आम्दानी २५ अर्ब ३१ करोड रुपैयाँ छ ।अघिल्लो आवमा यस्ताे आम्दानी २५ अर्ब ४८ करोड थियाे।

कुल आम्दानी पहिले ३१ अर्ब २० करोड रुपैयाँ रहेकोमा अहिले २८ अर्ब ४३ करोड रुपैयाँ मात्र छ ।

कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । गत वर्ष वार्षिक प्रतिसेयर आम्दानी ४१ रुपैयाँ प्रतिसेयर आम्दानी रहेकाेमा २१ रुपैयाँ ५ पैसामा सिमित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here