काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने भएको छन्। यससँगै अब नेपाली नोटहरूले नयाँ हस्ताक्षर पाउनेछन्।
उनी १८ औं गभर्नरको रुपमा नेपाल राष्ट्र बैंक प्रवेश गर्दैछन् ।
आज बसेकाे गभर्नर सिफारिस समितिकाे बैठकले तीन जनाको नाम सिफारिस गरेकोमा पहिलाे नम्बरमा विश्व पौडेलको नाम छ । यस्तै दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना तिम्सिना र तेस्रो नम्बरमा पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस भएको छ ।





















