काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात गर्न थालेको छ।
गएको शनिबारदेखि विद्युत निर्यात सुरू गरेको प्राधिकरणले जनाएको छ।खोलानालामा पानीको बहाब बढेसँगै नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात गर्न थालेको हाे।
प्राधिकरणले दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत निर्यात गरेको प्राधिकरणका प्रवक्ता राजाभाइ सिल्पकारले बताए ।
रातको समयमा खपत नभएको विद्युत भारत निर्यात गरेको प्राधिकरणको भनाइ छ।
नपुगेको समयमा भारतबाट पनि आयात गरिरहेको छ। इन्डियन एक्सचेन्ज मार्केटबाट बिहान र दिउँसोको समयमा खरिद गरिरहेको छ।