काठमाडौं । सरकारले आगामी जेठ १५ गते राजावादीहरूलाई प्रदर्शनका लागि भन्दै दिइएको छुटलाई कमजोरी नठान्न चेतावनी दिएको छ ।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता तथा सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो चेतावनी दिएका हुन् ।
राजावादीहरूको गतिविधिबाट सरकार नडराएको समेत उनले प्रष्ट पारे। उनले भने ‘उदारतापूर्वक विरोध गर्नेलाई पनि अधिकारी छुट दिएकाले मात्रै त्यसको अभ्यास गरेको हाे।’ त्यसरी प्रदर्शन गर्न छुट दिँदा कमजोरी नठाने हुन्छ । हामीले उदारतापूर्वक अभ्यास गरौं न भनेर छाडिदिएका हौं ।’
तर, संविधानका विरुद्धमा सधैं यस्ता क्रियाकलाप भइरहने हो भने सरकारले टुलुटुलु हेरेर नबस्ने उनको भनाइ थियो ।‘अहिले हामी गतिविधि कस्तो हुनेछ भन्ने आधारमा त्यसको प्रतिक्रिया हुन्छ,’ उनले भने ।
संविधानमा प्रतिबन्ध लगाउन सक्ने छुट भएपनि अहिले त्यो नगरेको उनले बताए ।





















