काठमाडौं । बिहीबार नेप्से १९.०४ अंक बढेको छ। सो वृद्धिपछि २६८८ मा कायम भएको छ ।
आज कारोबार रकम भाे घटेको छ। अघिल्लो दिन १० अर्ब ६९ करोडको कारोबार भएकोमा आज ९ अर्ब ८२ करोडमा खुम्चिएकाे छ ।
आज १०४ कम्पनीको मूल्य बढ्दा १४२ को घट्यो भने एउटाको स्थिर रहेकाे हाे। यता बैंकिङ सेक्टरका अलवा आज माइक्रोफाइनान्स २.५८ प्रतिशत बढेकाे छ।बैंकिङ सबैभन्दा धेरै ३.८२ प्रतिशत बढेकाे हाे।
त्यस्तै हाेटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.६० प्रतिशत घटेकाे हाे। त्यस्तै विकास बैंक ०.२३, फाइनान्स ०.४६, हाइड्रोपावर १.१०, लगानी ०.३९, जीवन बीमा ०.१५, उत्पादन तथा प्रशोधन ०.३८, अन्य ०.१३ र व्यापार ०.८१ प्रतिशत घटेका छन्।
ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । एनआईसी एसिया बैंकको ७.८, फरवार्ड माइक्रोफाइनान्सको ७.१५, ग्लोबल आईएमई बैंकको ६.१२ तथा कुमारी बैंकको ६.०६ प्रतिशत मूल्य बढ्यो । यता बाराही हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेकाे छ।
























