ताेलामा १६ सयले घट्याे सुनकाे भाउ

प्रतिकात्मक तस्विर

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

आज चाँदीको मूल्य भने उकालो लागेकाे छ। चाँदीको भाउ आज प्रतितोला २ हजार ५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ९५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here