काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ सामान्य उकालाे लागेकाे छ ।
आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हाे।शुक्रबार तोलाको एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा १९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १९८५ रुपैयाँ पुगेकाे हाे।




















