अयोध्यामा १० दिने दिव्य आध्यात्मिक महोत्सव

काठमाडौं । सनातन धर्मको पावन नगरी अयोध्या अहिले एउटा अद्भुत आध्यात्मिक वातावरणले आलोकित भईरहेको छ। अयोध्या जन्मभूमि ट्रस्टका अध्यक्ष, पूज्य बडे गुरुदेव श्री नृत्यगोपाल दास जी महाराजको ८७औं जन्मजयन्तीको पावन अवसरमा, यहाँ १० दिने दिव्य आध्यात्मिक महोत्सव भव्यरूपमा सुरु भएको छ।

यो महोत्सव जगतगुरु महायोगी सिद्धबाबा गुरुदेवको गहिरो धार्मिक संकल्पमा सम्पन्न हुँदैछ, जसमा हजारौं भक्तजन, योगीजन, साधकहरू र आध्यात्मिक प्रेमीहरूको उत्साहपूर्ण सहभागिता देखिनु अत्यन्त प्रेरणादायी छ।

महोत्सवको प्रत्येक दिन भक्ति, ध्यान, योग, रामकथा, र धर्मसेवामा समर्पित कार्यक्रमहरूले भरिपूर्ण छ, जसले पुरानो सनातन धर्मको ज्योति पुनः प्रज्वलित गर्दै सम्पूर्ण विश्वमा आध्यात्मिक चेतना फैलाउने माध्यमको रूपमा काम गरिरहेको छ।

पुज्य बडे गुरुदेव व्यक्तित्व मात्र होइन, उहाँको धर्मप्रेम, गुरु–भक्ति, र मानवताप्रतिको समर्पणले यहाँको माहोललाई दिव्य बनाएको छ। जगतगुरु महायोगी सिद्धबाबाले गुरु–प्रेम र धर्मसेवाको अनुपम उदाहरण प्रस्तुत गर्दै समस्त मानवताको कल्याणका लागि अग्लो आदर्श स्थापित गर्नुभएको छ।

यस अवसरमा, जगतगुरु महायोगी सिद्धबाबाको शिष्या, रामकथा वाचिका तथा आध्यात्मिक प्रेरक वक्ता, श्री चन्द्रकला सखी जीले आफ्नो भाव व्यक्त गर्दै भन्नु भयो:
“बडे गुरुदेव केवल एक व्यक्तित्व होइन, उहाँ जीवित धर्मको प्रतिमूर्ति हुनुहुन्छ। उहाँले जुन जगत–कल्याणको संकल्प गर्नुभएको छ, त्यो सम्पूर्ण मानवताको जागरण र आध्यात्मिक उत्कर्षको लागि हो। यस महोत्सवले आत्मा–जागरण, गुरु–महिमा र धर्म–सेवाको एक दिव्य आह्वान प्रस्तुत गरेको छ, जसले हामी सबैलाई जीवनमा अध्यात्मको उच्चतम मार्गमा उकास्नेछ।”

यो महोत्सव केवल अयोध्या मात्र सीमित नभई, सम्पूर्ण विश्वभरिका सनातन धर्मका अनुयायी र भक्तहरूको मनमा गहिरो प्रभाव पार्ने आध्यात्मिक क्रान्तिको रूपमा स्थापित हुँदैछ। नयाँ पुस्तालाई धर्म र अध्यात्मतर्फ मार्गदर्शन गर्ने यो कार्यक्रम भविष्यका सत्सङ्गीहरूको निर्माण गर्ने महत्वपूर्ण भूमिका निभाउनेछ।

हामी सबै मिलेर पूज्य बडे गुरुदेव र जगतगुरु महायोगी सिद्धबाबाको अनुकम्पा र आशीर्वादले, यस दिव्य यात्रालाई सफल बनाऔं र सनातन धर्मको शाश्वत ज्योति अनन्तकालसम्म उज्यालो पारौं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here