काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार आफूले एक पैसा पनि भ्रष्टाचारजन्य काम नगरेको दावी गरेका छन् । पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेपछि नेपाल रौतहटबाट सिमरा हुँदै काठमाडौं फर्कंदै छन् ।
बिहिवार काठमाडौं फर्कने क्रममा बाराको सिमरा विमानस्थलमा नेपालले यस्तो बताएका हुन् ।
उनले भने ‘म स्तब्ध भएँ । कल्पना पनि गरेको थिइनँ । मबाट कुनै पनि अनुचित, भ्रष्टाचारजन्य, काम भएको छैन ।
उनले थपे ‘मैले कुनै पनि मन्त्रीलाई कानुनविपरीत काम गर्न निर्देशन दिएको छैन ।’























