काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार चिनाब रेल्वे पुल उद्घाटन गरेका छन् । जम्मू र कश्मीर उपत्यकाबीचको पहिलो रेल सम्पर्कको रुपमा रहेको सो पुल विश्वकै अग्लो पुल भएको बताइएको छ ।
२०१७ मा मोदी सरकारको कार्यकालमा निर्माण सुरु भएको यो पुल २५,००० टन स्टील र कंक्रीट प्रयोग गरी बनाइएको छ। १,१७८ फिट अग्लो र १,३१५ मिटर लामो यो पुल विश्वकै अग्लो रेल्वे पुल मानिन्छ।
यसको व्यावसायिक सञ्चालन आगामी जुन ७ देखि सुरु हुने बताइएको छ । यो ३५९ मिटर अग्लो पुल आइफेल टावरभन्दा ३५ मिटर अग्लो छ। ८ वर्षभन्दा बढी समय लगाएर निर्माण गरिएको यो पुल रु १,४८६ करोड लागतमा सम्पन्न भएको हो।
यो पुलले कश्मीरलाई भारतको रेल सञ्जालसँग जोड्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यसले यात्रा समय घटाउने, पर्यटन प्रवर्द्धन गर्ने, तथा क्षेत्रीय अर्थतन्त्रलाई मजबुत पार्ने अपेक्षा गरिएको छ।