आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल स्कटल्याण्डसँग खेल्दै

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ।

स्कटल्याण्डमा जारी नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो।

फोर्टहिल डुन्डीमा खेलिने खेल नेपाली समयअनुसार खेल दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ।

नेपालले स्कटल्याण्डविरूद्ध पहिलो खेलमा १ विकेटको रोमाञ्जक जित हासिल गरेको थियो।

नेपालले सिरिजको अन्तिम खेल पुनः नेदरल्याण्डसँग आगामी बिहीबार खेल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here