काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरु आज काठमाडौं आउँदैछन् । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइदिएको छ ।
नेपालीहरु सवार अमेरिकी चार्टर्ड विमान आइतबार अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।
डिपार्ट गरिएका नेपालीहरुको संख्या कम्तिमा ४० जनासम्म हुन सक्ने अनुमान छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरुकै देश फर्काइरहेको छ ।