अमेरिकाबाट डिपोर्ट गरिएका थप ३७ जना आइपुगे काठमाडौं

काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका थप ३७ जना नेपालीहरू आइतबार काठमाडौं आइपुगेका छन् ।

अमेरिकाले चार्टर्ड विमानमार्फत् उनिहरुलाई काठमाडौं फर्काइदिएको हो । नेपालीहरू सवार अमेरिकी चार्टर्ड विमान केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली फर्किएको बताइएकाे छ।अमेरिकाले भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here