काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दरबन्दीभन्दा बढी कर्मचारी नखटाउन तथा कर्मचारीहरुलाई सात दिनभित्र व्यवस्थापन गर्न गृह मन्त्रालय र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री कार्यलयले दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत निकाय र कार्यरत कर्मचारीको नाम नामेसीसहितको विवरण समेत माग गरेकाे छ।
कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिव गोविन्द कार्कीले गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी र सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई चेतावनीयुक्त पत्र लेखेर कानुन विपरीत कर्मचारी खटनपटन नगर्न निर्देशन दिएको हो ।
निर्देशन कार्यान्वयन नभएकाे अवस्थामा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत प्रधानमन्त्री कार्यालयले दिएको छ ।