काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेकोमा सोमबार सेयर बजार बढेको छ ।
अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २३.१९ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६५३ अंकमा कायम भएको छ ।
आज बजार बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ९ अर्ब १३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६८ करोडको भएकाे हाे । १९१ कम्पनीको मूल्य बढ्दा ५६ कम्पनीको घट्यो भने एउटाको स्थिर रह्यो ।
हाइड्रोपावर सेक्टर आज २.३५ प्रतिशत बढ्यो । त्यस्तै अन्य समूह सबैभन्दा धेरै २.६३ प्रतिशत बढ्यो । बैंकिङ ०.४३, विकास बैंक ०.१७, फाइनान्स ०.५९, लगानी १.१४, उत्पादन तथा प्रशोधन ०.२०, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.४४ प्रतिशत बढेका छन् व्यापार ०.४४, जीवन बीमा ०.०९ र होटल तथा पर्यटन ०.२५ प्रतिशत घटे ।
आज चार जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीमा मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर र विन्ध्यबासिनी हाइड्रोपावर छन् ।
त्यस्तै बुटवल पावरको ९.८३, मायाखोला हाइड्रोपावरको ९.७४, रावा इनर्जीको ९.१८ र घलेम्दी हाइड्रोको ९.०१ प्रतिशत मूल्य बढ्यो ।
भूगोल इनर्जीको ७.४७, मिथिला लघुवित्तको ५.२३, सप्तकोशी विकास बैंकको ५.११ प्रतिशत मूल्य घट्यो ।