भाइटीकाको साइत: कुन देशको कुन ठाउँमा कति बजे ?

काठमाडौं, ७ कात्तिक । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले देश अनुसार भाइटीकाको साइत सार्वजनिक गरेको छ ।

यही कात्तिक १२ गते (अक्टोबर २९) को भाइ टीकाको साइतको समय ठाउँअनुसार फरक फरक रहेको छ । नेपालमा दर्ता भएको विश्व ज्योतिष महासंघअन्तर्गत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिले साइत निकाल्दै आएको छ ।

यसअघि दसैंको साइतसमेत सो समितिले यसैगरी तोकेको थियो । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सार्वजनिक गरेको टीकाको साइत नेपालमा कात्तिक १२ गते बिहान ११ः५५ बजे तोकिएको छ भने भारतको नयाँ दिल्लीमा सोही दिन बिहान ११ः४५बजे, अमेरिकाको न्यूयोर्कको २९ अक्टोवर दिउँसो १२ः५१ मा जुराएको छ ।

त्यस्तै केन्टुक,टेक्सास र क्यालिफोर्नियामा क्रमस १२ः१८,१२ः५७ र १२ः५१ रहेको जनाएको छ । यता लण्डनको लागि ११ः४५, जापानको लागि ११ः५१ र क्यानडामा अपरान्ह १३ः१५ भाइटीकाको उत्तम साइत हो ।

यस्तै, इजरायलको तेलअभिभमा ११ः४० बजे, सिंगापुरमा १२ः३१ बजे, हङकङमा १२ः०१ बजे र साउदी अरेबियामा ११ः३६ बजेको समय तोकिएको सो समितिले जनाएको छ ।

यसैगरी, पोर्चुगलको लिस्बनमा १२ः३० बजे, फ्रान्सको पेरिसमा १२ः१० बजे, मलेसियाको क्वालालम्पुरमा १२ः३१ बजे, युएईको अवुधाबीमा १२ः०३ बजे समय तोकिएको छ । कतारको दोहामा सोही दिन बिहान ११ः१५ बजे, थाइल्याण्डको बैंककमा ११ः४५ बजे, दक्षिण कोरियाको सिउलमा १२ः१५ बजेको समय तोकिएको छ ।

अस्ट्रेलियाका तीन सहर सिड्नी,मेलर्बन र बिसवेनका लागि क्रमश दिउँसोको १३ः०५,१२ः५०,१२ः०५ उत्तम भनिएको छ । त्यस्तै, बेलायतको लण्डनमा २९ तारेखको दिन ११ः४५ बजे, क्यानडाको टोरन्टोमा सोही दिन १३ः१५ बजे, जापानको टोकियोमा ११ः५१ बजेको समय तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here