बिमा कम्पनीले पूर्वाधारमा लगानी गर्न पाउने

काठमाडौं, १ चैत । लामो समयको प्रयासपछि बिमा कम्पनीले पनि पुर्वाधार आयोजनामा लगानी गर्न पाउने भएका छन् । ‘बिमकको लगानी निर्देशिका २०७५’ मा बिमा समितिले बिमा कम्पनीहरुलाई कृषि, पर्यटन, जलविद्युत, घरजग्गा लगायत पुर्वाधारमा लगानी गर्न पाउने सुविधा दिएको हो ।

यसअघि कम्पनीले पुर्वाधार क्षेत्रमा लगानी गर्न पाउदैनथे । यसकारण उनीहरुसँग भएको लगानीयोग्य रकम मुद्दती निक्षेप र केही मात्रामा सरकारी ट्रेजरी विल्समा मात्र लगानी गर्दै आएका थिए ।

निर्देशिकामा बिमा कम्पनीले आफ्नो टेक्निकल रिजर्भको बढीमा २० प्रतिशतसम्म रकम कृषि, पर्यटन, जलविद्युत, घरजग्गा लगायत पूर्वाधारमा लगानी गर्न पाउँछन । एउटै परियोजनामा लगानी गर्नका लागि भने १० प्रतिशतको सीमा तोकिएको छ । यसमा कम्पनीले आह्वान गरेको कुल रकमको १० प्रतिशतभन्दा बढी लगानी गर्न पाइने छैन । लगानी गरिने कम्पनी पब्लिक कम्पनी हुनुपर्नेछ ।

नयाँ व्यवस्थाअनुसार बिमा कम्पनीले घरजग्गा व्यवसायमा पनि लगानी गर्न पाउने छन् । कुल टेक्निकल रिजर्भ (कम्पनीको सबै दायित्व समावेश गरी गणना गरिएको बचत) को बढीमा ५ प्रतिशतसम्म घरजग्गा व्यवसायमा लगानी गर्न पाउने व्यवस्था निर्देशिकामा छ । जीवन र निर्जीवन बिमा कम्पनीलाई क्षेत्रगत रूपमा लगानी गर्न पाउने सीमा पनि ता निर्देशिकामा छ ।

बिमा कम्पनीले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ४० प्रतिशतसम्म लगानी गर्न छुट दिइएको छ । विकास बैंकको मुद्दती निक्षेपमा २० प्रतिशत र वित्त कम्पनीको मुद्दती निक्षेपमा १० प्रतिशत बचत गर्न पाइने व्यवस्था छ । बिमा कम्पनीलाई कुल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म पब्लिक कम्पनीको सेयरमा लगानी गर्न पाउने सुविधा पनि दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here