तोलामा १३ सय रुपैयाँले बढ्याे सुन, चाँदि उच्च मुल्यमै

प्रतिकात्मक तस्विर

कठमाडौं । बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनकाे भाउ प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार रुपैयाँ थियो । अघिल्लो दिनसम्म घटेको सुन फेरि उकालो लाग्ने संकेत देखिएको छ ।

यता हालसम्मको उच्च मूल्य रेकर्ड बनाएको चाँदी सोही मूल्यमा कायम छ । बुधबार पनि चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here