एयर इन्डियाको जहाज दुर्घटना: मृतककाे संख्या २६० जना पुग्याे

एयर इन्डियाको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या २६० जना पुगेको छ।

भारतको गुजरात प्रान्तस्थित अहमदाबादको मेघनीनगरमा बिहीबार दिउँसो भएको दुर्घटनामा अहिलेसम्म मृत्यु हुनेको संख्या २६० जना पुगेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।

दुर्घटनामा बेलायती नागरिक ४० वर्षीय विश्वासकुमार रमेश भने जिवित रहेको भेटिएका छन् । उनको उपचार भइरहेको छ।

एयर इन्डियाको बोइङ ७८७–८ जहाज अहमदाबादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको दुई मिनेटमै दुर्घटनामा परेको थियो।

जहाज आवासीय भवन बिजे मेडिकल कलेजका इन्टर्न डाक्टरहरू बस्ने होस्टलमा खसेकाे हाे। जहाज खसेपछि आगोलागी हुँदा उक्त होस्टल पनि जलेर नष्ट भएको थियो। त्यहाँ कम्तिमा १९ जनाको मृत्यु भएको र ५० जना भन्दा बढी घाइते भएका बताइएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here