काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो ।
यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियाे। यता चाँदीको मूल्य भने हालसम्मकै उच्च प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो १५ रुपैयाँ बढी हो ।