सामान्य बढ्यो सेयर बजार

काठमाडौं । आइतबार सेयर बजार झिनो अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ । अघिल्लो दिन १२ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ११ अर्ब ४४ करोडको भयो ।

आज ९० कम्पनीको मूल्य बढ्दा १५७ को घटेको छ । आज उत्पादन समूह सबैभन्दा धेरै १.४७ प्रतिशत बढ्यो । त्यस्तै जलविद्युत क्षेत्र ० दशमलव ९६ प्रतिशत बढेको छ । व्यापार १.०८, निर्जीवन बीमा ०.०७ तथा विकास बैंक ०.४८ प्रतिशत बढेका छन् ।

बैंकिङ ०.४४, फाइनान्स ०.५९, लगानी ०.७६, जीवन बीमा ०.५४, माइक्रोफाइनान्स ०.३१, होटल तथा पर्यटन ०.०६ तथा अन्य समूह ०.४६ प्रतिशत घटे । तीन कम्पनी पियोर इनर्जी, ग्रिन डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।त्यस्तै बरुण हाइड्रोपावरको ९.८४, युनियन हाइड्रोपावरको ९.३४ प्रतिशत मूल्य बढ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here