सुन र चाँदीको जलप लगाएका गहनासहित २ भारतीय पक्राउ

काठमाडौं । इलामकाे सुर्योदय नगरपालिका–२ चारमाइलबाट सुन र चाँदीको जलप लगाएका गहनासहित २ जना पक्राउ परेका छन् ।

३२ लाख ६९ हजार ५५७ रुपैयाँ बराबर चाँदी र सुनको जलप लगाएको गहनासहित दुई जनालाई सशस्त्र प्रहरीको टोलीले आइतबार नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरू भारतको हिमालचल प्रदेश घर बताउने ३८ वर्षीय अभिनास बोध र ३५ वर्षीय रवि कुमार रहेका छन् ।

नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई जाँच गर्दा झोलाबाट १७ किलो ४०० ग्राम चाँदी र ५ किलो सुनको जलप लगाएका गहना र विभिन्न किसिमका सामान फेला परेको थियो ।

परीक्षणका क्रममा ती गहनामा सुन-चाँदीको जलप लगाएको पुष्टि भएको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानको लागि भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here