काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न पाटन उच्च अदालतले आदेश दिएको छ।
न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले तत्काल उनलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे हा्र्दै। साथै थप छलफलका लागि सरकारी पक्षलाई पनि झिकाएको छ। विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला अदालतबाट अनुमति लिएको थियाे।
आफूलाई गैरकानूनी रुपमा पक्राउ गर्न खोजिएको भन्दै पत्रकार पाठक उच्च अदालत पाटन पुगेका थिए ।






















