नेदरल्यान्ड्सविरूद्धको टी-२० खेल शुरु, नेपालले फिल्डिङ गर्दै

काठमाडौं । नेदरल्यान्ड्सविरूद्धको टी-२० खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। नेपाल र नेदरल्यान्ड्सबीचको खेल स्कटल्यान्डको ग्लास्गोमा राति पौने आठ बजे सुरू भएको छ।

खेलमा ब्याटर किरणकुमार ठगुन्ना र अलराउन्डर रुपेश सिंहले टी-२० खेलमा डेब्यू गर्दैछन्। दुवैले टी-२० टोलीमा स्थान बनाएका थिए । यस्तै टी-२० टोलीकै लागि परेका लोकेश बम पनि नेदरल्यान्ड्सविरूद्ध खेल्दै छन्।

नेपाली टोलीमा कप्तान राेहित पौडेल,अनिल साह (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल,सन्दीप लामिछाने, ललित राजवंशी
लोकेश बम, किरणकुमार ठगुन्ना, रुपेश सिंह, करण केसी, नन्दन यादव रहेका छन्। नेपाल र नेदरल्यान्ड्सबीच टी-२० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म १३ खेलमा प्रतिस्पर्धा भइसकेको छ। जसमा नेपालले ५ खेल जित्दा ७ खेलमा नेदरल्यान्ड्स विजयी भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here