साढे ६ अंकले बढ्यो नेप्से, साढे ३२ करोडको कारोबार

काठमाडौं, ७ कात्तिक । साताको अन्तिम दिन पनि शेयर बजारमा सुधार देखिएको छ । विहिवार नेप्से परिसूचक ६.७३ अंकले बढेर १ हजार १ सय ४९.३४ अंकमा पुगेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा ०.५९ प्रतिशत बढी हो ।

विहिवार सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । ‘क’ वर्गको सूचक मापक सेन्सेटिभ इन्डेक्स १.८८ अंकले बढे २ सय ५२.०५ अंकमा पुगेको छ ।

विहिवार कारोबारमा भने उछाल नै आएको छ । बुधवार १६ करोडको कारोबार भएकोमा विहिवार १ सय ५५ कम्पनीको १२ लाख ४ हजार १५ कित्ता शेयर किनबेच हुँदा ३२ करोड ७६ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

विहिवार कारोबारमा आएका मध्ये निजर्जीवन बिमा कम्पनीको बाहेक अन्य सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै अन्य समुहको सूचक बढ्यो । अन्य समुहको सूचक १.३३ अंकले बढ्यो । त्यस्तै फाइनान्स समहुको १ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

विहिवार सबैभन्दा धेरै अरुण भ्याली जलविद्युत कम्पनीका शेयर धनीले कमाए । अरुण भ्यालीको शेयर मूल्य ८.३३ अंकले बढ्यो । त्यस्तै, साइनर्जी पावर विकासको ६.५८ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा अरुण काबेली पावरका शेयर धनी छन् । अरुण काबेलीको शेयर मूल्य५.७९ प्रतिशत बढ्यो ।

विहिवार सबैभन्दा धेरै कारोबार गर्नेमा माछापुच्छ्रे बैंक रहेको छ । बैंकले ७ करोड ११ लाख ३ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here