नारायणगढ–बुटवल खण्डमा वैकल्पिक सडक प्रयोग गर्न आग्रह

काठमाडौं । नारायणगढ–बुटवल सडक खण्डमा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। वर्षातका कारणले विनयी खोलाको डाइभर्सन बगाएको र दाउन्ने खण्डमा अत्यधिक हिलोका कारण सवारी साधन चिप्लने भएकाले वैकल्पिक सडक प्रयोग गर्न भनेकाे हाे ।

‘विनयी खोलामा पानीको सतह बढ्न गई सवारी आवागमन भइरहेको डाइभर्सनमा क्षति पुगेको कारण तथा निरन्तर वर्षाका कारण दुम्कीबास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्यूखोला लगायतका स्थानमा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने भएकाले सकेसम्म उक्त क्षेत्रबाट यात्रा नगरी वैकल्पिक रूटहरूको प्रयोग गर्न अनुरोध छ,’ जिल्ला प्रहरी कार्यालय नवलपरासीले जारी गरेको सूचनामा भनिएको छ।

कार्यालयले पूर्वबाट पश्चिम जाने सवारी साधनहरूले नारायणगढ, मुग्लिङ, पोखरा, स्याङजा, बुटवल हुँदै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

काठमाडौबाट पश्चिमतर्फ जाने सवारी साधनले मुग्लिङ पोखरा, स्याङजा, बुटवल हुँदै यात्रा गर्न सक्ने प्रहरीले बताएको छ।

त्यस्तै पश्चिमबाट पूर्वतर्फ जाने सवारी साधनले बुटवल, स्याङजा, पोखरा, मुग्लिङ हुँदै यात्रा गर्न प्रहरीले सुझाव दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here