बाफलको मेडल र स्टिकर गोदाममा आगलागी, क्षतीको विवरण आउन बाकि

काठमाडौं । नागार्जुन नगरपालिका-३ बाफलस्थित मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ । आज बिहान ३ बजेर २० मिनेटमा आगलागी भएको हो ।

सशस्त्र प्रहरीसहित नेपाली सेना र नेपाल प्रहरीको टोलीले दमकलको सहयोगमा साढे एक घण्टापछि आगो नियन्त्रणमा लिएको छ ।
बिजुलीको तार सट भएर आगो लागेको अनुमान छ । आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन ।

बालाजु दमकल र जुद्द बारुण यन्त्रसहित सशस्त्र प्रहरी बलको १८ नम्बर गण निलबाराहीबाट मात्र प्नहरी निरीक्षक नीरकुमार कार्कीको कमान्डमा ३५ जनाको टोली खटिएको थियो । यो गोदाम राजेन्द्र उदासले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here