अमेरिकाले तीनवटा आणविक केन्द्रमा गरेको आक्रमणको इरानले निन्दा गरेको छ।
इरानको आणविक ऊर्जा संगठनले फोर्दो, नतांज र इस्फहानका तीनवटा आणविक केन्द्रमा आइतबार बिहान अमेरिकाले हिंस्रक आक्रमण गरेको थियाे।
अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघन गरेको इरानले आरोप लगाएको छ। त्यस्तै संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्था आईईए समेत आक्रमणमा सहभागी भएको आरोप लगाएकाे छ। इरानले अन्तर्राष्ट्रिय समुदायलाई इरानको समर्थन गर्न र अमेरिकी आक्रमणहरूको निन्दा गर्न आह्वान गरेको छ।


























