काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको भाउ आज घट्दै प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको हो ।
यता आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेकाे
छ। आज चाँदी २ हजार १ सय ६५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार १ सय ४० रुपैयाँमा कारोबार भईरहेको थियो ।





















