एसईई उत्तीर्ण हुनेलाई प्रधानमन्त्रीको बधाई, भने हाम्राे मेहनतले काम गर्याे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षा उत्तीर्ण हुनेहरूलाई बधाई दिएका छन् ।

एसईई उत्तीर्ण हुने परीक्षार्थीलाई शुक्रबार सामाजिक सञ्जाल मार्फत् बधाई दिएका हुन् । साथै उनले नतिजा सुधारमा गरिएको मेहनतले काम गरेकाे बताएका छन्।

‘यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नुभएको छ । गत वर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नुभएको थियो,’ प्रधानमन्त्रीले लेखेका छन्, ‘…बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनतले काम लागेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here