धनगढीमा भारि वर्षा, १ हजार घर डुवानमा

काठमाडौं । सुदूरपश्चिमको धनगढीमा आइतबार देखिकाे अविरल वर्षापछि घर डुबानमा परेर फसेका आठ जनालाई प्रहरीले उद्धार गरेको छ ।

धनगढी उपमहानगरपालिका –७ को बेली गाउँका चार जना र धनगढी–१३ को श्रीलंकाका चार जना गरी आठ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बेलीका सिताराम रानाको घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्धार गरिएको हाे।

त्यस्तै धागढी–१३ श्रीलंकाका भागीराम चौधरीका परिवारका चार जनाको उद्धार गरेर स्थानीय नवज्योति आधारभूत विद्यालयमा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै एक हजार घरमा पानी पसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here