भारतमा औषधी उद्योगमा विष्फोट: मृतकको संख्या ३४ पुग्यो

काठमाडौं । भारतको दक्षिणी राज्य तेलंगानाको संगारेड्डी जिल्लामा रहेको एउटा औषधि उद्योगमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

साेमबार भएको विस्फाेटमा घटनास्थलबाट ३१ जनाको शव भेटिएको र अस्पतालमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । साथै ३० जनाभन्दा बढी घाइते भएका छन् ।

तेलंगनाको पाशमिलारम औद्योगिक क्षेत्रमा रहेको सिगाची उद्योगको रियक्टर युनिटमा सोमबार बिहान विष्फोट भएको थियो । घटनाकाे कारण हालसम्म
पत्ता लागेकाे छैन ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई २ लाख र घाइतेहरुलाई ५० हजारको दरले राहत दिने घोषणा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here