प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं, ८ कात्तिक । शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रवार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

शुक्रवार तेजावी सुनको मूल्य पनि ७ सय रुपैयाँले बढेको छ ।

विहिवार प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य शुक्रवार ७० हजार ७ सय रुपैयाँ पुगेको महासंघले बताएको छ ।

शुक्रवार चाँदीको मूल्य पनि बढ्यो ।

विहिवार प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा शुक्रवार १० रुपैयाँले बढ्दै प्रतितोला पनि ८ सय ६० रुपैयाँ पुगेको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here