तिहारमा कस्तो मेकअप गर्ने ? यी कुरामा ख्याल गर्नुहोस्

काठमाडौं । तिहारको भाइटीका विशेष गरी दिदीभाइ तथा दाजुबहिनीका लागि महत्त्वपूर्ण पर्व मानिन्छ । तिहारमा चेलीले आफ्ना दाजुभाइलाई उपहार प्रदान गर्छन् भने दाइभाइले पनि उपहार दिन्छन् ।

बढ्दो बजारीकरणले उपहारको सीमा पनि विस्तृत भएको छ । पहिले-पहिले कपडा, जुत्ता, टोपी, रुमाल, अत्तर आदि वस्तु उपहारका रूपमा दिइन्थ्यो भने अहिले बजारमा पाइने यी वस्तुहरू आवश्यकता हेरी बहिनीलाई दिने चलन छ ।

तिहारसँगै चिसो मौसमको समेत आगमन भएको छ । चिसोको सुरुवातसँगै स्कीनहरु ड्राई हुन सुरु हुन्छ । त्यसै अनुरुप हामीले मेकअप गर्दा फुस्रो नदेखिने तरिकाले मेकअप गर्नुपर्दछ ।

चिसो मौसममा राति पनि हामीले छालको फुस्रो पन हटाउनको लागि स्कीन भिटामिन, मस्चराईजर र ब्यालेन्सीङ क्रिम प्रयोग गर्नु पर्दछ ।

यसरी राति प्रयोग गरेको क्रिमले दिनमा गरिने मेकअप फुस्रो नदेखिन धरै सहायता गर्दछ । यसरी गरिने मेकअप लामो समय सम्म टिकाउ पनि रहन्छ ।

चाडवाडको वेलामा हेयर स्टाईल बनाउदा कपाल अनुहार तथा घाँटी तिर आएर नअल्झाउने किसिमले गर्नु उपयुक्त रहन्छ । साथै, यस चाडको बेलामा पुजा पाठ समेत गरिने भएकोले यस्तो बेलामा मेकअपहरु गर्दा रातो चिज लाई ध्यानमा राखेर गर्दा उत्तम हुनेछ ।

(वरिष्ठ ब्युटीसियन सुष्मा महरा फेसियल हाउसकी प्रबन्ध निर्देशक हुन । )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here