अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैंकका प्रमुख जेरोम पावेललाई तुरुन्तै पद छोड्न आग्रह गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथ सोसियलमा लेख्दै बैंकका प्रमुख पावेललाई तुरुन्तै पद छोड्न आग्रह गरेका हुन् ।
उनले लेखेका छन् ‘धेरै ढिलो भयो, उनले तुरुन्तै राजीनामा दिनुपर्छ १’ ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पावेललाई फेडरल रिजर्भ बैंकको अध्यक्षको रूपमा मनोनित गरेका थिए । ट्रम्पले ब्याजदर कटौती नगरेकोमा भन्दै पावेल बारम्बार आलोचना गरेका छन् ।
ट्रम्प आर्थिक वृद्धि बढाउन फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउन चाहन्छन् । यता पावेलले ट्रम्पको ट्यारिफ नीतिहरूले अर्थतन्त्रलाई असर नगरेको भए, केन्द्रीय बैंकले पहिले नै ब्याजदर घटाइसकेको हुने थियो भन्ने प्रतिक्रिया दिएका थिए ।