काठमाडौं । घरेलु टोली मलेसियालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ। एसिसी मेन्स इस्ट जोन कप २०२५ मा मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेर फाइनलमा पुगेकाे हाे।
नेपालका लागि ओपनर परिमार्जन यादवले ३५ बलमा ५ चौका र ५ छक्काको मद्दतमा नटआउट ५९ रन बनाए ।
त्यस्तै शिवान्स बजागाइँले २२ बलमा ५ चौका प्रहार गर्दै नटआउट २३ रन बनाए।
त्यसअघि क्वालालम्पुरमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया ४३.१ ओभरमा ९० रनमा अलआउट भयो।

























