प्रधानमन्त्री नै खेलाडीलाई पानी लिएर मैदान गएपछि…

काठमाडौं । यस्तो घटना कमै मात्र सुन्न र देख्न पाइन्छ । जहाँ एक राष्ट्र प्रमुख खेलाडीको पानी लिएर मैदानमा जान्छन् ।

अहिले अष्ट्रेलियन राष्ट्रिय क्रिकेट टीम श्रीलंकासँग हुन लागेको ३ म्याचको टी—२० सिरीजको तयारीमा छ ।

अष्ट्रेलिया र श्रीलंकका खेलाडी तयारी गर्दै थिए । उक्त तयारीको लागि खेलिएकोे खेलमा अष्ट्रेलियाका खेलाडी डेनियल फालिन्सले श्रीलंकाका खेलाडी दासुन सनाकालाई आउट गरे ।

सनाका आउट भएसंगै अष्ट्रेलियन प्रधानमन्त्री ‘स्कार्ट मोरिसन’ हातमा पानी तथा अन्य पेय पदार्थ लिएर मैदानमा पसे ।

यो घटनाले सबै अचम्मीत बने । प्रधानमन्त्री मोरिसनको यो कार्यको हाल विश्वभर नै चर्चा भईरहेको छ । सामाजिक सञ्जालहरुमा पनि उनको चर्चा परिचर्चा भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here