तातो समोसा खान खोज्दा यसरी गयो एक युवाको ज्यान

काठमाडौं । तातो समोसा खान खोज्दा एक जनाको ज्यान गएको छ । समोसा पकाउने विषयमा विवाद हुँदा युवको ज्यान भएको हो । घटना हो, भारतको उत्तर प्रदेशको गाजीपुर जिल्लाको ।

गाजीपुरको नोनहारा थाना क्षेत्रमा गाउँका दादाहरुले एक युवकको कुटीकुटी हत्या गरेको आजतकले जनाएको छ ।

मदिराको नशामा एक व्यक्ति तातो समोसा खानको लागि एक पसलमा गए , तर त्यहाँको समोसा राम्रो नपाकेको भन्दै आफैं समोसा पकाउन थाले ।

त्यसपछि विवाद चम्कियो,त्यही बेला ४ जना युवक पनि मदिराको नशामा त्यहाँ आए र समोसा आफैं प्राइ गर्ने जिद्दी गर्न थाले ।

विवाद बढेपछि उनीहरु सन्तोषँग छनौटा खोस्न थाले । तर सन्तोषले छनौटा दिन अस्वीकार गरेपछि उनीहरुबीच विवाद झनै बढ्यो ।

विवाद यतिसम्म बढ्यो कि ती चार जनाले सन्तोषलाई कुटेर हत्या गरे । बताइएअनुसार ४ जनाले एक्ला सन्तोषलाई निर्घात कुटेका थिए ।

उनीहरुले सन्तोषलाई छनौटा, इँट, डण्डा र लात मुक्काले कुटेर बेहोस बनाएपछि उनीहरु भागेका थिए । पछि सन्तोषको मृत्यु भयो । पीडितका परिवारको उजुरीपछि ४ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

पुलिसले बिहीबार विलास र रम्भु नामका २ आरोपीलाई पक्राउ गरेको छ । २ आरोपी रोशन र टुनटुन अझै फरार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here