विदेशी मुद्रा सञ्चिति पुनः नयाँ रेकर्ड, २६ खर्ब ६९ अर्ब पुग्यो

विदेशी मुद्रा सञ्चितिले फेरी नयाँ रेकर्ड बनाएको छ । गत जेठमा विदेशी मुद्रा सञ्चिति २५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको छ । गत असारको तुलनामा यो २५.९ प्रतिशतले बढेको हो । ०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ जेठ मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई १८ अर्ब ६५ करोड पुगेको राष्ट बैंकले जनाएको छ ।

२०८२ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को एघार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here