रायो सागमा अत्यधिक मात्रामा विषादी

काठमाडौं । रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

भक्तपुरबाट बिक्रीका लागि कालीमाटी तरकारी बजारमा भित्रिएको बजारमा मंगलबार ल्याइएको रायो सागमा ८२.७८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेकोमा रायाेका सागमा अत्याधिक विषादी भेटिएको हाे। विषादीको मात्रा धेरै भेटिएको उक्त रायो साग उपभोग अयोग्य रहेको जनाइएको छ ।

सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । त्यस्तै ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर उपभाेग गर्न मिल्छ भने ४५ प्रतिशतभन्दा बढी भएमा त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here