काठमाडौं । गुजरातको आनन्द जिल्लास्थित महिसागर नदीमाथिको पुल भत्किएको छ। पुल भत्किँदा धेरै सवारी साधन नदीमा खसेकाे भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
खबर पाउने वित्तिकै स्थानीय प्रशासनले राहत र उद्धार कार्य सुरु र अहिलेसम्म तीनजनालाई सकुशल उद्धार गरिएको छ।
यो पुल आनन्द जिल्लाको गम्भीरालाई बडोदराको पाड्रा र भरुचसँग जोड्ने सडकमा अवस्थित थियो। प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरिरहेकाे जानकारी दिएकाे छ।























