माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । समसामयिक परिस्थितिबारे छलफल गर्न आज अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

पार्टी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले बाढी–पहिरोले पुर्‍याएको क्षति, सरकारको कामकारबाही लगायतका विषयमा छलफल हुने उनले बताए ।

बैठकमा पार्टी संगठनको विषयमा पनि छलफल गर्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here